प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको बारेमा छलफल भएको जनाइएको छ ।
गत असार २८ गते प्रधानमन्त्री बन्नु भएका देउवाले डेढ महिना बित्दासम्म सरकारलाई पूर्णता दिन सक्नु भएको छैन ।