logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाइने


अंकुरण खबर
780
Shares

काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाइने तयारी थालिएको छ।

काठमाडौं महानगरपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताबाट विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए।

महानगरभित्रको केही दिनको संक्रमणको अवस्था हेर्ने र संक्रमण घट्दो क्रममा रहेको पाइए मात्र आगामी सातादेखि विद्यालय खोल्न सकिने भनेर निर्णय गर्ने महानरले जनाएको छ।

सुवेदीका अनुसार सञ्चालनमा आउने विद्यालयहरूले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

त्यसैगरी धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने भनिएको छ। विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेको/नगरेको भनेर नियमन गरिने महानगरले बताएकोे छ ।

उपत्यकाका तीनजनै सिडिओको हिजो (बुधबार) बसेको बैठकले स्थानीय पालिकाहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै महानगरले पनि विद्यालय खुलाउने तयारी गरेको हो।