logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशको टुंगो नलागेसम्म संवैधानिक इजलासका मुद्दा अघि नबढाउन सर्वोच्चको आदेश


अंकुरण खबर
702
Shares

सर्वोच्चको अदालतले प्रधानन्यायाधीशको टुंगो नलागेसम्म संवैधानिक इजलासका मुद्दा अघि नबढाउन आदेश  दिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नै पर्ने माग सहित परेको रिटमा प्रधानन्यायाधीश बस्न मिल्ने/नमिल्ने भन्ने मुद्दाको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाई नगर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश  हरिप्रसाद फुयाँलको इजलासले उक्त आदेश गरेको छ ।

आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनु भनी आदेश गरिएको छ ।