मनसुनी वायुको प्रभावले आज पनि चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ ।
मनसुनी न्यून चापीय रेखा तराई भूभागभन्दा केही तल रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
आज दिउँसो पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ ।