logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध


अंकुरण खबर
1.586K
Shares

नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा शुक्रबार बिहान करिब सात बजेतिर पहिरो खसेको छ ।

पहिरोले दुईतर्फी रुपमा नै यातायात अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अविरल वर्षापछि लेदो आएर बाटो थुनिएको स्थानीयले जानकारी दिएका छन् । पानी पर्न नरोकिएका कारण पहिरो हटाउन सकिएको छैन ।

सडक कार्यालयको लोडर पुगे पनि वर्षा भइरहेकाले काम सुरु हुन नसकेको चितवन प्रहरीले जनाएको छ ।

पहिरो सफा नहुँदासम्म गाडीहरु सुरक्षित ठाउँमा राखेर धैर्य गर्न चितवन प्रहरीले चालकहरुलाई अपिल गरेको छ ।