logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


अंकुरण खबर
663
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँ घटेको चाँदी आज १ हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।