तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा तुलसीपुर–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगीको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लाग्दा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारक्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।