logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटवाल पक्राउ


अंकुरण खबर
780
Shares

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

सुनकोशी गाउँपालिका ९ का ३३ वर्षीय भोला कटवाललाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

कटवालले ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।