logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु


अंकुरण खबर
546
Shares

तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ।

भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिए।

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो। घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएको मृत्यु भएको तिमल्सिनाले बताए।

विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिँदैछ।