logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महेश बस्नेतकै निर्वाचन क्षेत्रमा पुगेर अबको निर्वाचनमा जितेर देखाउन देउवाको चुनौती


अंकुरण खबर
884
Shares

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आगामी चुनावमा काँग्रेसका उम्मेदवारलाई जितेर देखाउन चुनौती दिएका छन् ।

काँग्रेसको शुक्रबारदेखि सुरू भएको वडा अधिवेशनको उद्घाटन गर्न भक्तपुरको सूर्यविनायक कटुञ्जेमा पुगेका देउवाले महेश बस्नेतको नाम लिँदै काँग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।

यसअघि नेकपा एमालेका बस्नेतले देउवालाई चुनावमा जित्ने चुनौती दिएपछि देउवाले जवाफमा भने, ‘महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा काँग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए ।