logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबारदेखि चन्द्रागिरि केबुलकार सञ्चालनमा आउने


अंकुरण खबर
2.158K
Shares

कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरि केबुलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

शनिबारदेखि केबुलकार सञ्चालन गरिन लागिएको हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले बताएका  हुन् ।

‘कोभिड-१९ का कारणले बन्द भएको केबुलकार तथा रेष्टुरेन्ट लगायतका सेवा बन्द थियो’, उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुनः सञ्चालन गर्दैछौं ।’

केबुलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।