logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीजमा ब्रतालु भक्तजनले पशुपतिनाथको दर्शन र पूजा गर्न पाउने (विज्ञप्तिसहित)


अंकुरण खबर
1.352K
Shares

तीजमा ब्रतालु भक्तजनले पशुपतिनाथको दर्शन र पूजा गर्न पाउने भएका छन् ।

कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

चार महिनाभन्दा बढी समयदेखि सर्वसाधारणका लागि बन्द रहेको पशुपतिनाथको मन्दिर तीजअगावै खुला गर्ने तयारी गर्ने भएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न भनेको छ ।