logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सल्यानमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते


अंकुरण खबर
637
Shares

सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटना भएको हो । गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाउने क्रम जारी रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले बताए ।

उनका अनुसार गाडीमा २८ यात्रु सवार रहेका थिए । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।