logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि यी तीन प्रदेशमा भीषण वर्षा हुने


अंकुरण खबर
1.469K
Shares

मनसुनी वायुको प्रभावले आज पनि तीन वटा प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र प्रदेश २ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षा हुने देखिएको छ। देशका अन्य भागमा भने मौसममा सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि बागमती, गण्डकी, कर्णाली र प्रदेश २ का केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।