गत शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुवै जनाको शव भेटिएको छ।
ट्रकमा सवार गणेश थापा मगरको शव शनिबार साझ घटनास्थल भन्दा २०० मिटर तल भेटिएको थियो | भने ट्रकका चालक बद्री सार्कीको शब घटनास्थलबाट करिब १.५ किलोमिटर तल हेटौंडा–१७ चुच्चेखोला–कुमालटार तर्फ कर्रा खोला किनारमा भेटिएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेको छ । कुमाल्टारबाट दुध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए।
शुक्रबार दिउँसो उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुई जनालाई बगाएको थियो ।