logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कर्रा खोलामा हराएका दुवै जनाको शव भेटियो


अंकुरण खबर
741
Shares

गत शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुवै जनाको शव भेटिएको छ।

ट्रकमा सवार गणेश थापा मगरको शव शनिबार साझ घटनास्थल भन्दा २०० मिटर तल भेटिएको थियो | भने ट्रकका चालक बद्री सार्कीको शब घटनास्थलबाट करिब १.५ किलोमिटर तल हेटौंडा–१७ चुच्चेखोला–कुमालटार तर्फ कर्रा खोला किनारमा भेटिएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेको छ । कुमाल्टारबाट दुध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए।

शुक्रबार दिउँसो उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुई जनालाई बगाएको थियो ।