logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो


अंकुरण खबर
780
Shares

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ।

अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो।

फिलिपिन्सले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी प्रतिबन्ध लगाएको थियो ।

१० एसियाली मुलकमाथि यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वीकृत गरेका समाचारमा जनाइएको छ ।

यद्यपि फिलिपिन्स आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले बताएका छन् ।

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरू बाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ।

डेल्टा भेरिएन्टको स्थानीय संक्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ।