logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोग र सभामुखविरुद्धको रिटमा आज सुनुवाइ हुने


अंकुरण खबर
871
Shares

निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको हो ।

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर रिट दायर गरेका  थिए । एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।

गत शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी चढे पनि बेन्च बस्न नभ्याएपछि सुनुवाइ हुन पाएको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको दाबी रिटमा गरेका छन् ।

यसैगरी, दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।