logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

त्रिविको आगामी दीक्षान्त समारोहका लागि सोमबारबाट आवेदन


अंकुरण खबर
1.534K
Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी पुसभित्र दीक्षान्त समारोहको तयारी गरेको छ ।

त्यसका लागि त्रिविले सोमबारदेखि अनलाइनबाट आवेदन फाराम संकलन गर्दैछ ।

२०७७ असार १ देखि २०७८ जेठ मसान्त एक वर्षको अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले  अनलाइन फाराम भर्न सक्नेछन् ।

उक्त अवधिमा करिब ३० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिएको त्रिविले जनाएको छ ।