नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वातै बढेको छ ।
आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।
योसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।