logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ मा एमालेका थप दुई सांसदले रोजे एकीकृत समाजवादी


अंकुरण खबर
884
Shares

एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्।

आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन्।

११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए। प्रदेश २ मा एमालेका २१ सांसद थिए। १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन।