logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत २–१ ले विजयी


अंकुरण खबर
793
Shares

नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ ।

दशरथ रंगशालामा आइतवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको हो ।

भारतका लागि फारुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरैका हुन् । ६२औं मिनेटमा भारतका तर्फबाट फारुक चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले एक गोल थपेर जित नजिक पुर्याए । तर त्यसको पाँच मिनेटपछि नेपालका लागि ८५ औं मिनेटमा तेज तामाङले सान्त्वना गोल गरे ।

यसअघि विहीवार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।