logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते


अंकुरण खबर
1.118K
Shares

अविरल वर्षका कारण रोल्पा नगरपालिका-१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ ।

आज राती २ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर पुरिंदा उनकी पत्नी ७० वर्षीय गौरी थापा र छोरी तर्फको नाति ५ वर्षीय हिमाल रोकाको मृत्यु भएको हो ।

पहिरोमा परेर थापाका छोरी भिमकुमारी रोका र ज्वाई मनबहादुर रोका घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।  उनीहरुलाई उपचारका लागि सदरमुकाम लिबाङ लगिएको छ ।

पूर्णबहादुर थापा भने गोठमा सुतेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । रुकुम चुनबाङ घर भएका थापाका छोरी ज्वाई विबाह भएदेखि माइतीमै बस्दै आएका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली र स्थानीय बासी उद्धार गरिरहेका छ । पहिरोले थप दुई घरमा समेत क्षती पुर्‍याएको प्रहरीले बताएको छ ।

यस्तै सुनछहरी गाउँपालिका–६ फगामका केहि स्थानीयको गोठ बगाउदाँ दर्जनौ पशु चौपाया मरेका छन् ।