logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली बैठक सुरु


अंकुरण खबर
1.716K
Shares

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी  एसियाको ७४ औं बैठक सुरु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीमा जनतालाई खोपको पहुँचमा पुर्याउनु सरकारको प्राथमिकता भएको बताएका छन् ।

खोपको सहज उपलब्धताका लागि दक्षिणपूर्वी एशियाली मुलुकका प्रतिनिधिसँग सहयोग र पहल गर्न समेत आह्वान गरेका छन् । कोरोना महामारीले अर्थव्यवस्थामा असर पुर्याएकाले सुरक्षित भई महामारीसँग जुध्दै अगाडि बढ्नुपर्नेमा देउवाको जोड थियो ।

२५ गतेसम्म सञ्चालन हुने बैठकमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहसहित ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिहरुको बैठकमा सहभागिता रहेको छ ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरणका विषयमा छलफल हुनेछ । त्यस्तै नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणसम्बन्धी थप छलफल, भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोग लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्वन्धी दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुनेछ । दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर लेट्सेलगायत देशको बैठकमा सहभागिता रहेको छ ।