logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर


अंकुरण खबर
1.508K
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

सोमबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सून प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।