मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो । सामान्यतया मन्त्रिपरिषद् बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन छ ।