logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभा हत्याकाण्ड अपडेट : सँगै सुतेका ७ मध्ये ६ जनाको शव छुट्टाछुट्टै स्थानमा भेटियो, एकजना जीवितै


अंकुरण खबर
1.599K
Shares

संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ ।

घटनास्थलमा पुगेको प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्की भने जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी कार्यालय रानीले जनाएको छ ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।

तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नाति÷नातिना दीपक र गोमाको शव घरदेखि माथि मकैबारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनका अनुसार मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ ।

तेजबहादुरका दुई भाइ, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कमाण्डमा टोली खटाइ सकिएको प्रदेश १ प्रहरी कार्याल रानीका प्रमुख अरुण बिसीले जानकारी दिए । थप अनुसन्धान जारी छ ।