logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

शेयर बजारमा उच्च वृद्धि, १ सय ६१ अङ्कले बढ्यो


अंकुरण खबर
1.469K
Shares

शेयर बजार कारोबार मापक नेप्से आज भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ ।

नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको हो । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो ।

सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २४ वटा कम्पनीको एक करोड ७९ लाख कित्ता शेयर नौ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।