Breaking Newsशिक्षा

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन ।

स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको हो ।

कोरोना भाइरस महामारीका कारण बन्द रहेका विद्यालयहरु खुला गर्न दिने अधिकार उपत्यकाका सिडिओहरुले स्थानीय तहलाई दिने निर्णय गरेका छन ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेका हुन ।

कोरोना संक्रमणको दर कम हुँदै गएपछि अहिले विभिन्न स्थानमा विद्यालयहरु खुल्न थालेका छन् ।

कोरोना संक्रमणको महामारीका कारण यस वर्षको शैक्षिक शत्रका कक्षाहरू शुरू हुन पाएको छैन । काठमाडौंका सबै विद्यालयहरूले हाल अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

Comment here