logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १८९७ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

आज कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।