logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.001K
Shares

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरैतथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

यस्तै, आज राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आजको भन्दा भोलि र पर्सि कम पानी पर्ने देखिएको पनि उनले जानकारी दिए । मनसुन चलिरहेकाले दिउँसोभन्दा राति धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।