प्रहरीले काठमाडौंको नागढुंगाबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका–६ घर भएका १९ वर्षीय सुरेश खङ्ग छन् । राजविराजबाट काठमाडौं आउँदै गरेको ना.५ख ५३१५ नम्बरको बस चेकजाँच गर्दा सुरेशको साथमा लागु औषध फेला परेको थियो ।
उनको साथबाट ५८५ ट्याब्लेट नाइट्रोभ्याट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए ।
पक्राउ परेका उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।