logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो


अंकुरण खबर
1.222K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ ।

अन्य र सामूहिक लगानी कोषबाहेक सबै समूहको शेयर ओरालो लागेपछि आज नेप्से ४४ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय ३६ दशमलव ६० विन्दुमा थामिएको हो ।

आज बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको तीन सय दुई, निर्जीवन बीमा समूहको शेयर दुई सय ९० र उत्पादन समूहको शेयर एक सय ३३ अङ्कले घटेको छ ।

आज आरएमडीसी लघुवित्त र रुरु जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड ५० लाख कित्ता शेयर सात अर्ब ४९ करोड ५८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ६१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।