पछिल्लो २४ घण्टामा देशभर थप १६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार २०७२ संक्रमित निको भएका छन्। योसँगै अहिलेसम्म सात लाख ३१ हजार जना संक्रमणमुक्त भइसकेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८७९ जनाको मृत्यु भएको छ।
नेपालमा अहिले ३० हजार ३०३ जना सक्रिय संक्रमित छन्।