नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गरेको छ ।
मंगलबार ओमानमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले पीएनजीमाथि २ विकेटको जित हात पारेको हो ।
पीएनजीले दिएको १३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए। यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए।
पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए। नोसाइना पोकनाले एक विकेट लिए।
नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो। २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे।
यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो। ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए।
नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे।
यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।