logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : काठमाडौंमा मध्यम, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.118K
Shares

नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनी न्यून चापीय रेखा  नेपालको तराई भू-भागभन्दा केही तल रहेको महाशाखाको भनाइ छ ।

देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्य बदली रही केही स्थानहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भ-भागमा भूक्षय तथा पहिरो को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।