logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

इन्डोनेसियाको जेलमा बुधबार बिहानै भिषण आगलागी, ४१ कैदीको मृत्यु


अंकुरण खबर
923
Shares

इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगलागी हुँदा कम्तिमा ४१ कैदीको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।

बीबीसीका अनुसार टैंगरेंग जेलमा बुधबार बिहानै आगलागी भएको हो । बिहानीको समयमा अधिकतम कैदी सुतिरहेको बेला आगलागी भएको थियो।

अधिकारीहरुका अनुसार जेलको ब्लक सीमा १२२ कैदी राखिएको थियो जहाँ आगलागी भएको थियो। सो ब्लकको क्षमता भने ४० जनाको मात्र रहेको छ ।

यहाँका प्रायः कैदीहरु लागुपदार्थ तस्करीको मामिलामा जेल सजाय भोगिरहेका छन्। हाल जेलमा आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।