माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई प्रयोग गरेर सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
‘तपाईंहरूले देख्नुभएको छ– यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको रक्षा गर्ने हो,’ सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृति सभामा सम्बोधन गर्दै दाहालले भने।
उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि दोहोर्याए। उनले भने, ‘‘यसलाई एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि, एमसीसी भनेर ल्याइदिएपछि भनेर एकथरी लागिरहेका छन्।’