logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकताको प्रतिलिपी बनाउन ८ हजार घुस लिने नासु पक्राउ


अंकुरण खबर
1.43K
Shares

नागरिकताको प्रतिलिपि बनाउन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट एक कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत्त रहेका नायक सुब्बा उमेश कुमार चौधरी रहेका छन्।

नासु चौधरीलाई जनकपुरधामको क्याम्पस चौक स्थित लड्डु गोपाल होटलबाट ८ हजार ५ सय घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ।

पक्राउ परेका चौधरीलाई अख्तियारको कार्यालय बर्दिबास लगी थप अनुसन्धान गर्ने अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ।