logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोकिएको जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने


अंकुरण खबर
1.261K
Shares

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ ।

राष्ट्रिय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि सुरु हुने जनगणना मङ्सिर ८ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो। तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।

यसअघि स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै फेरी सुरु हुने भएको हो । यही भदौ २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले कात्तिक अन्तिमदेखि राष्ट्रिय जनगणना गर्ने तथ्याङ्क विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।

यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औँ शृङ्खला हो । जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्नुपर्ने हुन्छ ।

यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षकले अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।