logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको चेतावनी : माधव पक्षका नेता उपस्थित भए संसद चल्न दिदैनौँ


अंकुरण खबर
1.066K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट कारबाहीमा परेका माधवकुमार नेपालसहित नेता उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका छन् ।

एमाले संसदीय दलको बैठकमा उनले आफूहरुले कारबाही गरेका माधव नेपालसहितका १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका हुन् ।

ओलीले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं रु यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’

ओलीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाट बनेको असंवैधानिक सरकार भएको अरोप लगाएका छन् ।

उनले भने ‘यो परमादेशबाट असंवैधानिक ढंगले, जनताको अभिमतबाट होइन, संसदबाट निर्वाचित भएर होइन, संसदीय प्रक्रियाबाट होइन परमादेशबाट बनेको सरकार हो । यसले सार्वभौमसत्ता सम्पन्न जनताको अभिमतप्रति कुनै उत्तरदायित्व पनि छैन । यो परमादेश हो ।’