logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुलुकको रूपान्तरण र विकास लक्ष्य पूरा गर्न लगानी बोर्डको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको रूपान्तरण र विकास लक्ष्य प्राप्त गर्न लगानी बोर्डको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

बोर्डको दशौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको रूपान्तरण र विकासको लक्ष्यलाई कार्यान्वयन गर्न विदेशी पुँजी, प्रविधि, ज्ञान र सीपजस्ता महत्त्वपूर्ण तत्त्वको समुचित प्रयोग अपरिहार्य हुन्छ। नेपालको आर्थिक सम्भाव्यताका क्षेत्रहरूको पहिचान, तुलनात्मक लाभका परियोजनाहरूको पहिचान, विकास, स्रोत व्यवस्थापन तथा कार्यान्वयनमा सहजीकरण, समन्वय र सहकार्यको वातावरण बनाउनसमेत लगानी बोर्डको महत्त्वपूर्ण भूमिका छ।’

ठूला परियोजनाहरू सरकार र निजीक्षेत्रको सहकार्यमा अगाडि बढाइने बताए । सरकारले  विदेशी लगानीका लागि सहजीकरण गर्ने उल्लेख गर्दै उनले लगानीमा पनि सरकारले सहकार्य गर्ने बताए । भौतिक संरचना निर्माण गरी तीव्र औद्योगीकरण, रोजगारी सिर्जना, सेवाक्षेत्रको विस्तार गर्न  स्वदेशी–विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याए ।

१० वर्षयता विदेशी लगानी भित्र्याई परियोजनाको अध्ययन, कार्यान्वयन, निर्माण र उत्पादनमा बनाएका सूचकहरूले बोर्ड स्थापनाको महत्त्व प्रष्ट्याएको उनले बताए ।