logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता गठबन्धनको बैठक बस्दै


अंकुरण खबर
1.859K
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् ।

आज ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहने गठबन्धनका एक नेताले जानकारी दिए ।

बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने, संसदमा लैजाने एजेन्डालगायतका विषयमा छलफल हुने बताइएको छ ।

आज अपराह्न ४ बजे संसद बैठक बस्दैछ ।