बागमती प्रदेश सरकारमा नवनियुक्त १० मन्त्रीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का र आन्तरिक मामिला तथा कानून मन्त्री अजय क्रान्ति शाक्य छन् ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकास मन्त्री विवेक सुवेदी, स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले पनि शपथ ग्रहण गरेका छन् ।
जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी र जुनेली श्रेष्ठले राज्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।