शेयर बजार आज बुधबार पनि घटेको छ । आज नेप्से ६० दशमलव ०२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर राताम्मे भएको छ । बैंकिङ समूहको शेयर ३२ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको एक सय ५८, व्यापारको ८२, होटलको ६४, जलविद्युतको ५३, फाइनान्सको ९७ र माइक्रोफाइनान्स समूहको शेयर ६७ अङ्कले घटेको छ ।
साथै उत्पादन समूहको एक सय ८८, अन्यको ६३, जीवन बीमा समूहको चार सय २१ र निर्जीवन बीमा समूहको शेयर तीन सय २८ अङ्कले घटेको छ ।
आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि सानीमा लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय २५ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर ६ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।