logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेका २ सांसद सर्वोच्चमा, एकीकृत समाजवादीमा कायम गर्न माग


अंकुरण खबर
793
Shares

नेकपा एमालेका दुई सांसदले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च पुगेर आफूहरुलाई एकीकृत समाजवादीमा कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

उनीहरुले रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् ।

उनीहरुले अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।

एकीकृत समाजवादीमा आफूहरुलाई सनाखत गर्न पुगेका दुवै सांसदलाई पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो ।