सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा लु ३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् ।
ट्याक्टरका सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल भने सामान्य घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो १० बजे सल्लेरीबाट सोताङतर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसी दुर्घटना भएको थियो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।