logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १२७१ कोरोना संक्रमित, १४ जनाको मृत्यु


अंकुरण खबर
858
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १८४५ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ। कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ।