दशरथ रंगशालमा जारी बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा नेपाली महिला टोलीले २–०को अग्रता लिएको छ ।
सिनियर टोलीबाट अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सविता राना र प्रीति राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
खेलको १४औँ मिनेटमा सविताले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । २३औँ मिनेटमा सरु लिम्बूको पासलाई सदुपयोग गर्दै प्रीति राईले टोलीको अग्रता दोब्बर बनाइन् ।
नेपालले एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल आइतबार हुनेछ ।
यो नेपाली महिला सिनियर टोलीको दशरथ रंगशालमा पहिलो अन्तर्राट्रिय खेल हो । यही खेलमार्फत प्रशिक्षक ग्यारी फिलिप्सले पनि नेपालका लागि डेब्यु गरेका छन् ।