logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै


अंकुरण खबर
754
Shares

आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ।

आज दिउसो प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाइएको छ। दिउसो १ बजे दुवै सदनको बैठक बस्ने भएको हो।

प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउनेसहित विभिन्न अध्यादेश पेस गरिने कार्यसूची रहेको छ।

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै मन्त्री शर्माले नै राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश पेस गर्ने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सपथ सम्बन्धी अध्यादेश र रेल्वे अध्यादेश प्रस्तुत गरिनेछ। स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश स्वीकृतका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यससँगै बैठकमा स्वाथ्यकर्मी तथा स्वाथ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश, औषधि तेस्रो संशोधन र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पनि पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।