नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा पेशी चढेको रिटको निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको हो ।
यसअघि भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए ।